अध्यक्ष भण्डारीले अर्थमन्त्रीलाई करको सिमा अवधि बढाउनका लागि गरे अपिल ।

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पश्चिम नवलपरासिको उधोग बाणिज्य सघका अध्यक्ष केशब भण्डारीले काठमाडौं पुगेर अर्थमन्त्री डा। युवराज खतिवडालाइ भेटेका छन । सरकारले जारी गरेको निजि क्षेत्रलाइ जेष्ठ २५ गते सम्ममा कर तिर्न गरेको सूचना जारीले निजि क्षेत्रलार्इ सरकारले जबर्दस्ती पेल्न खोजेको र निजि क्षेत्रका उधोग ७२ दिन देखि लकडाउनका कारण बन्द रहेको र अझै लकडाउन यथावथ नै रहेकाले सरकारले गरेको निर्णय फिर्ता गराउन अर्थमन्त्री लाइ भेटेको उधोग बाणिज्य सघका सदस्यले खबरपाटी लाइ जानकारी गराएका छन ।
विद्यमान परिस्थितिका कारण निजी क्षेत्रका व्यवशायीहरुले बन्दाबन्दीलाइ पालना गर्दै सवै जना घर भित्रै बसिरहेको अवस्थामा लकडाउन कै समयभित्र कर तिर्नुपर्ने सरकारको ताकेतामा भद्र अवज्ञाको विकल्प नरहेको बताएका छन् । महासंघका पदाधिकारी सहित नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले आज सरकारका अर्थमन्त्री डा। युवराज खतिवडा संग भेटी, कर तिर्ने समयावधि थप गर्न सरकारलाई आग्रह गरेका छन् ।
भण्डारीले जिल्लाको मात्र नभएर सिंगो देश नै अहिले आर्थिक संकटबाट गुज्रिरहेको सन्दर्भमा सरकारले व्यवसायीलाई निजी सम्पत्ती बेचेर भएपनि कर तिर्नु भन्ने खालको आसयबाट ताकेता गरेको र यस बाट सम्पूर्ण निजी क्षेत्रलाइ नै तहस नहस हुने तर्फ संकेत गर्दै, राज्य संचालनका लागी तथा विभिन्न विपत्तीमा निजी क्षेत्रले राष्ट्रका लागी गर्दै आइरहेको सहयोगको समेत स्मरण गराएका छन् ।
यसै सन्दर्भमा सरकारले जेष्ठ २५ गते सम्मका लागी दिएको अन्तिम म्यादलाई निजी क्षेत्रले गरेको आग्रहलाइ आशिंक रुपमा संबोधन भएको भन्दै सो समयावधि बन्दाबन्धी खुलेको कम्तिमा तीन महिना सम्मका लागी समय बढाउन संघका अध्यक्ष केशव भण्डारीले अर्थमन्त्री र सरकार समक्ष अपिल गर्दै आफुहरु अन्तिम समयसम्म पनि सरकारलाइ घचघचाउने जानकारी गराएका छन । यता आजै सरकारले कर तिर्ने अवधि २५ गते बाट बढाएर अषाढ १५ सम्मका लागि समय बढाएको छ ।

Facebook Comments Box