आरडीटी पोजिटिभ देखिएका ६ जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’ : प्रदेश जनस्वास्थ्य प्रयोगशाला

खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौं,  मुस्ताङमा आरडीटी रिपोर्ट पोजिटिभ देखिएका ८ जनाको स्वाबमध्ये बुधबार ६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बुधबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको पीसीआर परीक्षण गर्दा ६ जनाको स्वाब नमूना नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

मुस्ताङ र म्याग्दीको सीमानाका थासाङ-४ घासाको कोरोना क्लिनिक भएको नियमित कोरोना परीक्षणको आरडीटी विधिबाट परीक्षण गर्दा ६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको कोरोना रोकथामका प्रदेश लागि प्रवक्ता डा.बिनोद बिन्दु शर्माले जानकारी दिए ।

मुस्ताङमा निर्माण सामग्री ,खाद्यान्न र सडकको उपकरण चलाउन चालक ,सहचालकलगायतको सीमानाकामा आरडीटी परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजिटिभ आएको थियो ।

आरडीटी पोजिटिभ देखिएका ८ जनाको नमूना स्वाब २ दिनअघि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।

रिपोर्ट नेगेटिभ आएका सबै ट्राभल स्टोरी संक्रमित जिल्लाबाट आएका थिए । मुस्ताङबाट पठाएका ८ स्वाब मध्ये २ जना महिला स्वास्थ्यकर्मीको रिपोर्ट आउन बाँकी छ।

Facebook Comments Box