कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । काठमाडौंका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसियुमा उपचार गराइरहेका दोलखाका ७६ वर्षीय व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दोलखाका ७६ वर्षीय व्यक्तिको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको जानकारी दिए ।

हेमोरेजिक स्ट्रोक भएपछि उनी जेठ १३ गते काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । शल्यक्रियापछि जेठ १५ गते स्वाब परीक्षणका क्रममा संक्रमण देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सारिएको थियो ।

दोलखा भिमेश्वर नगरपालिका-२, का ७६ वर्षीय वृद्ध लडेर टाउकोमा चोट लागेपछि सुरुमा गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो। जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रेफर गरेको थियो ।

उनको आज उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । नागरिक न्युज

Facebook Comments Box