आज देशभर केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । अहिले देशभर स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा उत्पन्न “निसर्ग” समुन्द्री चक्रवातको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, २ र बगमती प्रदेश बाहेक बाँकि प्रदेशका केहि स्थानमा हल्का वर्षा भएको छ ।

आज दिउँसो सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

आज राती सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ एवं बागमती प्रदेशमा पूर्ण बदली रहि बाँकी प्रदेशहरुमा मौसम सामान्य बदली रहने महाशाखाले जनाएको छ।

सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान तथा बाकी भू–भागका एक, दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Facebook Comments Box