नयाँ मोडालिटी अनुसार लकडाउन खोल्ने, उपत्यकामा व्यवसाय सञ्चालन गर्नलाई क्षेत्र वर्गीकरण

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं। यतिबेला विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी  फैलिरहेको छ । चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरसले अहिले विश्वव्यापी महामारीको रुप लिएको छ । कोरोना भाईरस तिब्र गतिमा फैलिए सँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभरका मुलूकहरुलाई यस महामारीबाट बच्न लकडाउनको विकल्प नभएको बताउँदै सामाजीक दूरीको नियम पालना गर्न समेत आग्रह गरेको थियो । त्यसपछि पनि केहि देशहरुले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भनेको कुरालाई अट्टेरी गर्दै आएका थिए । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  अहिले विश्वभर सामाजिक दूरी कायम राख्न गरिएका प्रयास छिटै खुकुलो पार्दै जाने हो भने कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या उल्लेख्य मात्रामा बढ्न सक्ने चेतावनी दिएको थियो ।

कोरोनाको नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले यतिबेला लकडाउन जारी गरेको छ । चैत ११ गतेदेखि सुरु भएको लकडाउन पुनः ७ पटक लकडाउन थपेर अहिले जेठ ३२ गते सम्मलाई लम्बाइएको हो । यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै प्रमुख जिल्ला अधिकारी(सीडीओ) हरुले जारी रहेको लकडाउनलाई खुकुलो बनाउने जनाएका छन् । उनीहरुले नयाँ मोड्यालिटि बनाएर कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाउदै लकडाउनलाई खुकुलो बनाउने जानकारी दिएको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् । अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार उनले जेठ २२ गत, अर्थात् यहि बिहीबार तीनवटै प्रमुख जिल्ला अधिकारीहरु समक्ष कोभिड-१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर विभिन्न व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरेका थिए ।

अध्यक्ष श्रेष्ठले काठमाडौंको प्रमुख जिल्ला अधिकारी जनकाराज दाहाल, ललितपुरको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीहरुसँगको भेटमा उक्त सुझाव पेश गरेका हुन् भने उक्त सुझावलाई तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले सकारात्मक रुपले लिएका चेम्बरका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । यस सँगै काठमाडौं उपत्यकामा व्यवसाय सञ्चालन गर्नलाई व्यवसायलाई ३ वटा क्षेत्रमा वर्गीकरण गरिएको छ । यस विषयमा बिहीबार काठमाण्डौ, भक्तपुर तथा ललितपुर गरि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सहमति जनाए पश्चात उपत्यकामा व्यवसाय सञ्चालन गर्नलाई ३ वटा क्षेत्रमा वर्गीकरण गरिएको जनाइएको छ ।

व्यवसायलाई ३ वटा क्षेत्रमा वर्गीकरण गरी सञ्चालन गर्न सकिने प्रस्तावमा तीनै जिल्लाका प्रजिअहरुले सहमति जनाए पश्चात व्यावसायका लागी रेड जोन, यल्लो जोन र ग्रीन जोन गरी तीन क्षेत्रमा वर्गीकरण गर्ने र कुन क्षेत्रमा के के खुलाउने भन्ने विषयमा व्यापक छलफल भएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका हुन्। व्यावसाय सञ्चालनको विषयमा गरिएको उक्त छलफलमा साँझ ८ बजेदेखि विहान ५ बजेसम्म हरेक क्षेत्रमा लकडाउन कडा पार्ने तथा अन्तर प्रदेश सडक सञ्जाल तथा हवाई यात्रा सबैतिर पूर्ण रुपमा बन्द गर्ने चेम्बरले प्रस्ताव राखेको छ । श्रेष्ठका अनुसार कोरोना संक्रमण फैलन नदिन उच्च सुरक्षा सतर्कता अपनाएर कम जोखिम भएका क्षेत्रहरुमा उद्योग–व्यवसायहरु सञ्चालन गर्नुपर्ने कुरा आएको छ।

रातो, हरियो र पहेलो गरि तीन खण्डमा छुट्टाइएको हिसाबमा हरियो र पहेलो क्षेत्रमा भने जिल्लाभित्र नै दूरी कायम गरेर सवारीसाधन सञ्चालनमा ल्याउनुपर्ने चेम्बरले बताएको छ । त्यस्तै गरि उद्योगधन्दा, बैंक तथा वित्तीय सेवा, सामान ढुवानीलगायत भने सबै क्षेत्रमा खुलै राख्नुपर्ने प्रस्ताव गरिएको चेम्बर अध्यक्ष श्रेष्ठले बतएका हुन्। उक्त छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितका पदाधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको उपस्थिति रहेको थियो भने उपस्थित रहेका सबैले लकडाउनको समयमा व्यवसाय सञ्चालन गर्ने विधिका विषयमा छलफल गरेको जनाईएको छ ।

नेपालमा दोस्रो संक्रमित भेटिए सँगै सरकारले  चैत ११ गतेबाट लकडाउनको घोषणा गरेको थियो । नेपाल  चैत्र ११ गते देखि पूर्ण रुपमा लकडाउनको अवस्थामा रहेको छ । चैत्र ११ गते एक हप्तालाई लकडाउन गरिने घोषणा भएको थियो । सुरुको केहि दिनमा संक्रमण कम देखिएको भएपनि त्यसपछि संक्रमितको संख्या बढ्न थालेपछि त्यससँगै लकडाउनको अवधी पनि पटक पटक बढाइएको हो । नेपाल सरकारले ७ पटक लकडाउनको अवधी बढाएको छ भने सातौं पटक लकडाउनको अवधी थपेर अहिलेलाई जेठ ३२ गते सम्मलाई तोकेको हो । लकडाउन बढेसँगै आर्थिक मन्दी हुन् थालेपछि अब भने लकडाउनको संरचना बदलेर लकडाउनलाई केहि खुकुलो बनाउदै लैजाने निर्णय गरिएको हो । सुचनाह

Facebook Comments Box