समितिले निष्पक्षरुपमा घटनाको सत्य, तथ्य बाहिर ल्याउने छ : देवेन्द्र पौडेल, संयोजक, छानबिन समिति

खवर पाटी (खोज खबरको अभियान)

रुकुम पश्चिमको चौरजहारी, सेती घटनाको अनुसन्धान गर्न बनेको संसदीय विशेष छानबिन समितिका संयोजक देवेन्द्र पौडेलले घटनाको बास्तविकतालाई बाहिर ल्याउने बताएका छन्। उनले भने, ‘भर्खरै समिति गठन भएको छ। तुरुन्तै समितिको बैठक बसेर कार्ययोजना बनाएर अघि बढ्छौं।’

समितिले निष्पक्षरुपमा घटनाको सत्य, तथ्य बाहिर ल्याउने उनले बताए। घटनाको अनुसन्धानका लागि आज सांसद पौडेलको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन भएको हो। छनविन समितिमा एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्के, प्रकाश रसाइली, विमला बिक, महेश्वरजंग गहतराज, मिनबहादुर बिश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य छन्। उनीहरुले ३० दिनभित्र आफ्नो काम सक्नु पर्नेछ। सेतीमा अन्तरजातीय प्रेमको विषयमा नवराज विक सहित ६ जनाको जेठ १० गते सामूहिक हत्या भएको थियो।

Facebook Comments Box