नेप्से झिनो रूपमा ओरालियो

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यो दिन नेप्से परिसूचक १ दशमलव ३८ अंकले घटेर १ हजार ८४४ दशमलव १४ बिन्दुमा कायम भएको छ । यस दिन कारोबारमा आएका २२१ वटा धितोपत्रको १५ लाख ४६ हजार ८५७ कित्ता सेयर १७ हजार २९६ पटकमा ५० करोड ७६ लाख ८९ हजार ५६१ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएका २२१ धितोपत्रमध्ये सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ । सेयर मूल्य प्रतिकित्ता २५९ दशमलव १० रुपैयाँ पुगेको छ । त्यसैगरी, दोस्रोमा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ४ दशमलव ३७ प्रतिशत वृद्धि भएर ३३६ दशमलव ६० कायम भएको छ ।

त्यसैगरी बिहीबार सबैभन्दा बढी सेञ्चुरी बैंकको सेञ्चुरी डिबेन्चर २०८८ नामक ऋणपत्रको मूल्य ७ दशमलव ३७ प्रतिशत घटेको छ । ऋणपत्र मूल्य प्रतिकित्ता ८५१ दशमलव ३० रुपैयाँ कायम भएको छ । त्यसैगरी दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ दशमलव ६७ प्रतिशत घटेर १ हजार १९२ कायम भएको छ ।

यस दिन सर्वाधिक सेयर खरिद बिक्री अभियान लघुवित्त वित्तीय संस्थाको भएको हो । कम्पनीको ३ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । सेयर मूल्य प्रतिकित्ता ८३० दशमलव २० रुपैयाँ कायम भएको छ । त्यसैगरी, सर्वाधिक सेयर खरिद बिक्री हुने दोस्रोमा गरिमा विकास बैंकको २ करोड ६७ लाख रुपैयाँ बराबरको भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक समूहको शून्य दशमलव २५ प्रतिशत, लगानी समूहको शून्य दशमलव १७ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ६९ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेको हो । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशत घटेको छ ।

यस दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव शून्य २ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्स ३६३ दशमलव शून्य ५ बिन्दु कायम भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये तीन समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा उत्पादन तथा प्रशोधन समूह छ । यो समूहको परिसूचक शून्य दशमलव ६९ प्रतिशत वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशत घटेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *