प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बिरुद्धमा ठूलो शक्ति लागेको भन्दै सजग रहन नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार बुटलवलमा आयोजित लुम्बिनी प्रदेशस्तरिय संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनका बीचमा आपसी शंका, उपशंका हुनु नहुने पनि बताउनु भयो । उहाँले राजावादीहरु आफूहरुलाई राष्ट्रवादी भन्न थालेको उल्लेख गर्दै उहाँले आफूहरु राष्ट्रवादी, प्रजातन्त्रवादी र समाजवादी सबै भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले गठबन्धन बिरुद्धको कुनैपनि भ्रममा नपर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले आगामी दिनमा पनि गठबन्धनको सरकार बन्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो – ‘अहिलेका लागि गठबन्धनको खिलापमा ठूलो तागत लागिरहेको छ । राजावादी तागत निकै राष्ट्रवादी हुँ भन्न थालिसके । हद हुन्छ नि ।
राजावादी भएर राष्ट्रवादी हुने कुरा होइन । राष्ट्रवादी पनि हामी हौँ । प्रजातन्त्रवादी पनि हामी हौँ । समाजवादी पनि हामी हौँ । लाल सलाम पनि हामी हौँ । जय नेपाल पनि हामी हाँै । यो गठबन्धनलाई कुनैपनि बाहानामा एक अर्का पार्टीकाप्रति शंका, उपशंका गर्ने काम नगरौँ । एकले अर्कालाई विश्वास दिलाउन लाग्नुपर्छ । गठबन्धन टुटाउन खोज्छन्, हामीलाई कुनैपनि भ्रम हुनु हुँदैन । सबै साथीहरुलाई मेरो अनुरोध छ, कुनैपनि हालतमा भ्रम सिर्जना गर्ने काम गर्नुहुँदैन नत्र हामीलाई नै सबभन्दा बढी नोक्शान हुन्छ । त्यो हामीले देखिसकेका छौँ । अहिलेको लागि गठबन्धन अपरिहार्य छ । आवश्यक छ । भोलिको दिनमा पनि गठबन्धनकै सरकार बन्ने हो । अनिमात्र आएको प्रजातन्त्र, गणतन्त्र, समावेशिता लगायतका सबै कुराहरु स्थापित गर्नसक्छौँ । सबैलाई म के
उहाँले माओवादी केन्द्र, समाजवादी र राष्ट्रिय जनमोर्चाले आफूलाई सम्मान गरेर प्रधानमन्त्री बनाएको भन्दै गठबन्धन बलियो बनाउनु र बचाउनु नेपाली काँग्रेसको कर्तव्य हुने बताउनु भयो । समावेशिता, संविधान र गणतन्त्र बचाउन अझै केही वर्ष गठबन्धन आवश्यक रहेको उहाँको भनाई छ ।