कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर फाल्दैन : गगन थापा

राजनीति
खवर पाटी (खोज खबरको अभियान)

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी काँग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन् । उनले २०७४ सालको आम निर्वाचनमा नेकपा एमालेले बहुमत प्राप्त गर्दा पनि ५ वर्ष खेर फालेको आरोप लगाएका हुन् ।

उनले गठबन्धनले हेटौंडामा सुखद र सानदार मतसहित जित हासिल गरेको बताए । ‘मतदाताहरू आक्रोशित भएका छन्, त्यसकै उपज विभिन्न ठाउँहरूमा स्वतन्त्र उम्मेदवारहरूले जित हासिल गरेका छन्,’ उनले भने, ‘घोषणापत्रलाई संकल्पपत्र मानेर अघि बढ्नु पर्छ ।’ अहिले चुनिएका जनप्रतिनिधिहरूले जनताको सहज सेवालाई ध्यान दिनुपर्नेमा उनले जोड दिए । ‘जनताको विश्वास र भरोसा नतोड्नुस्,’ उनले भने, ‘जनतालाई परिवर्तनको महसुस गराउन सकेनौँ भने राजनीतिक दल समस्यामा पर्नेछ ।’ जनताको जीवनमा बदलाव ल्याउन सक्नुपर्नेमा उनको जोड रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *