वडा अध्यक्षलाइ चैन, मजदुरलाइ भने गाउँमा बस्न नदिई धपाइयो जनकपुर नै ।

खवर पाटी (खोज खबरको अभियान)

नवलपुर । पुर्बि नवलपरासिको गैडाकोट नगरपालिका वडा नम्बर १० भित्रका जनता यतिखेर त्यहाका वडा अध्यक्ष सङ्गै नै त्रासित भएर बस्न परेको स्थानिय श्रोतबाट प्राप्त जानकारी आएको छ । गैडाकोट १० का वडा अध्यक्ष देबिदत्त कण्डेल र वडा सदस्य कृष्ण सापकोटा जनताप्रति उत्तरदायी नभएको गुनासो बढिरहेकाले उनिहरुको दादागिरी चलिरहेको भन्दै गोर्खा ब्रुअरीमा काम गर्ने जनकपुर घर भएका एक नेपाली मजदुरलाइ गरिएको दुर्ब्यबहारले जनता आक्रोसित बनेका छन ।

जनकपुर देखि गैडाकोट १० मा रहेको गोर्खा ब्रुअरीमा काम गर्ने ति ब्याक्ति लकडाउन अघि नै घरबिदामा गएको र २७ जेष्ठमा काम गर्न भनि जनकपुरबाट गैडाकोट आएका ति ब्याक्तिलाइ काबा वडा अध्यक्ष कृष्ण साप्कोटा देबिदत्त कण्डेल र घरधनि बिकास पाण्डेले तिनलाइ आफ्नो डेरामा बस्न नदिइ अपमानजनक रुपमा जनकपुर नै पठाइदिएका थिए । सोहि वडामा गत चैत ४ गते अमेरिकाबाट घर आएका रामचन्द्र सापकोटालाइ कोरोना लाग्यो भन्दै कुप्रचार गरि घरभित्रनै नजरबन्दि जस्तो ब्यबहार गरेका कारण ति युवा हाल सम्म पनि घरबाट बाहिर निस्केका छैनन । खबरपाटी सङ्ग कुरा गर्दै ति युवाले भने ‘हामीलाइ गरिएको दुर्ब्यबहारले आफुलाइ अब नेपाल फर्किन मन नभएको र हिनताबोध भएको’ बताएका छन ।

त्यसै गरि बैशाख १० गते सोहि वडामा राज खत्री उर्फ इब्राहिम नाम गरेका युवा काठमाडौंबाट कोरोना परिक्षण गरि आफ्नो घर आएका ति युवाको रिपोर्ट नेगेटिभ रहदापनि वडा अध्यक्ष देबिदत्त कण्डेलले १०र१५ जनाको हुल र प्रहरी बोकि ति युवाको घरमा एकाबिहान गएर क्वारेण्टाइनमा बस्न धम्कि दिएका थिए । राज खत्री क्वारेन्टाइन बस्न भनि भेडाबारीको स्वाथ्य चौकिमा गएर आफ्नो रिपोर्ट देखाएपछि त्यहाका डाक्टरहरुले उनलाइ क्वारेन्टाइनमा नराखि घरमै फिर्ता पठाएका थिए । साबिक मुकुन्दपुर हालको गैडाकोटका चार वडामा बाहिर अन्य ठाउबाट आउने जो कोहिलाइ पनि क्वारेन्टाइनमा राख्ने भनि नगर स्तरीय निर्णय भएको थियो । निर्णय भएतापनि वडा नम्बर १० का वडा अध्यक्ष सङ्ग सबै डराउने कारण उनका दुइ छोराबुहारी एक काठमाडौ र अर्का भारतको पन्जाबबाट आउदा सम्म तिनलाइ नत कोरोना चेक गरिएको छ नत क्वारेण्टाइनमा राखिएको छ । स्थानिय जनता यतिखेर गैडाकोट १० का वडा अध्यक्ष र तिनका घरपरिवार सङ्ग डराएर बस्न बाध्य भएको स्थानिय युवाहरुले खबरपाटी डटकम लाइ जानकारी गरेका छन ।

गैडाकोटका मेयर छत्रराज पौडेलले बाहिरबाट आउने सबैलाइ क्वारेन्टाइनमा बस्ने र घरमा जान नपाउने नियम भएको बताए पनि जनप्रतिनिधि भएकै कारण देबिदत्त कण्डेललाइ त्यो नियम लागु किन भएन भन्दै जनताले सामाजिक सन्जालमा आक्रोश पोखेका छन । वडा अध्यक्षले आफ्नो वडाको भवन बजेट समेत ११ नम्बर वडामा लगेर बजेट हालेको काण्ड देखि जनता तिन किलोमिटर टाढा अर्काको वडामा गएर वडाको काम गर्न जादा पाइरहेको दुख बारे वडा अध्यक्षलाइ बारम्बार आफ्नै वडामा वडा कार्यलय सार्न जनता स्थानिय समाजसेबिको कुरालाइ समेत वडा अध्यक्ष ले नसुनि जनतालाइ दुख दिइरहेका छन ।

भारतबाट वडा अध्यक्ष सङ्गै र बुहारी सङ्गै आएका १३ र १४ का दुइ जनालाइ कोरोना पोजेटिभ देखिएकाले जनता झन डर त्रासमा रहेका छन । वडा अध्यक्ष को छोराबुहारी श्रीमति समेतले लकडाउन उल्लङ्घन गरी चोक बजारमा निस्किपछि झन जनतामा त्रास फैलिएको छ भने वडा अध्यक्षको घरलाइ नगरपालिकाले कुनै रेड जोनमा राखेको छैन । यस विषयमा खबरपाटीले अध्यक्ष संग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन । हामी यस विषयमा अध्यक्ष र्सग सम्पर्क गरी थप जानकारी प्रकाशित गर्ने कोशिशमा रहेका छौ ।

Facebook Comments Box