काठमाडौं : नेपाली कांग्रेसले मंसिर चार गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । चुनावी प्रतिबद्धतापत्र भनिएको घोषणापत्रमा ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ मुख्य भन्ने नारा उल्लेख छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी र घोषणापत्र लेखन समिति सदस्यहरुले सार्वजनिक गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले घोषणापत्र लेखेको हो ।
५२ पृष्ठको घोषणापत्रमा कांग्रेसले सङ्घीय संसद् र प्रदेश सभामा बनाउन बाँकी रहेका कानुन निर्माण र परिमार्जन गरी एक वर्षभित्र सङ्घीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाइ प्रदेश र पालिकाको क्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
कांग्रेसले प्रतिनिधि सभालाई विघटन नगर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । सार्वजनिक खर्च कटौती, सार्वजनिक पदहरूमा नियुक्ति गर्दा विषयगत योग्यतासहितका मापदण्ड लागू, स्वदेशी उत्पादन र उपभोगमा वृद्धि, भ्रष्टाचार नियन्त्रणका लागि कानुनी सुधार र कार्यान्वयन, विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित जस्ता काम गर्ने कांग्रेसको प्रतिबद्धता रहेको छ ।
घोषणा पत्रको पूर्ण पाठ