नेपाली भूमि फिर्ता लिन वार्तावाटै समस्याको समाधान खोज्न सरकालाई डा. कोइरालाको आग्रह

खवर पाटी (खोज खबरको अभियान)

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् ।

पार्टी नेतृ शैलजा आचार्यको ११औँ स्मृति दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा उनले लिपुुलेक, कालापानी तथा लिम्पियाधुुरा नेपालको भूमि भएकाले सरकारले भारतसँग वार्ताका माध्यमबाट समस्या समाधान गरी उक्त भूमि फिर्ता ल्याउनुपर्नेमा जोड दिए ।

भूभाग फिर्ता ल्याउने विषयमा अन्तर्राष्ट्रियकरण वा अन्तर्राष्ट्रिय अदालतमा जानुभन्दा वार्तावाटै समस्याको समाधान खोज्न सरकालाई उनले आग्रह गरे । मुलुकमा कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा त्यसको नियन्त्रण र रोकथामका लागि सरकार गम्भीर हुुनुुपर्नेमा जोड दिँदै थ्रोट स्वाब (पीसीआर) परीक्षणको दायरा फराकिलो बनाउनुपर्नेमा उनले बताए ।

कृष्णप्रसाद कोइराला सेवा गुुठीको आयोजनामा भएको कार्यक्रममा गुुठीका अध्यक्ष मीता आचार्य, कोषाध्यक्ष मोहनलाल महतो तथा सञ्चारकर्मी अनन्तराज न्यौपानेले स्व आर्चायले सीमान्तकृत जनताको आर्थिक उन्नति र प्रजातन्त्र स्थापनाका लागि गरेको योगदानको चर्चा गरे । स्मृति दिवसका अवसरमा कोशी अस्पतालमा उपचारार्थ बिरामीलाई फलफूल वितरण गरिएको थियो ।

Facebook Comments Box