स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार पर्बतका १३ जना, स्याङ्जाका २२ जना, तनहुँका १ जना र नवलपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।
उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला, स्याङ्जाका ५९ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३६ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ४ जना पुरुष, पर्वतका २१ जना पुरुष, गोरखाका १४ जना पुरुष र एक महिला तथा कास्कीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ । संक्रमितमध्ये ११ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ रहेको छ ।