राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार बिदाइ भेट

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, जेठ ३० । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो ।

सो अवसरमा उहाँहरुबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

राजदूत पार्कले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गर्नुभएको थियो ।

Facebook Comments Box