महामारीको बेलामा सरकार भ्रष्टचार उन्मुख भएको भन्दै खवरदारी गर्न नेपालको झण्डा लिएर शान्तिपुर्ण प्रदर्शन

खवर पाटी (खोज खबरको अभियान)

नवलपुर, ३० जेठ । कोरोना महामारीमा पनि भ्रष्टचारमा लिप्त सरकारमा आवद्ध व्यक्ति देखि संलग्न हुने सवैलाई कारवाही गर्न प्रधानमन्त्रीसँग माग गर्दै जनतालाई कोरोनाबाट बचाउन गैंडाकोटका युवाहरुले आग्रह गरेका छन् । ‘तनावग्रस्त गाईज’ को आयोजनामा गैंडाकोट १५ मा गरिएको शान्तिपूर्ण प्रदर्शनमा बोल्ने वक्ताहरुले लकडाउन सहित अन्य आदेश पालना गरेको तीन महिना पुग्न लाग्दा पनि पीसीआर परीक्षण नवढाएको, स्वाव थुप्रिएर रिपोर्ट नआएको, मृत्यु भएपछि मात्रै स्वाव परीक्षण गरिएको, क्वारेनटाइनमै मान्छेको मृत्यु वढ्न थालेको भन्दै सरकार कहाँ छ भनी प्रश्न गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारले वेरोजगार देखि क्षमतावान युवाहरुलाई उचित स्थान दिने आशा भएपनि सत्तामा पुगेपछि जनमतलाई अपमान गर्न उद्दत भएपछि युवाहरु तनावमा आएर तनावग्रस्त गाईज स्थापना गर्नुपरेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै युवा गोकुल सापकोटाले केपी ओली सरकारमा भएर विरोध गरेको नभई उहाँले गरेका निराशाजनक कार्यहरुको विरोध गरेको बताउनुभयो ।

महामारी र राष्ट्रियतका लागि चलाएको कदमको कडा साथ दिएपनि ती मुद्दामा सरकार कमजोर हुँदै गएको भ्रष्टचार उन्मुख भएको भन्दै खवरदारी गर्न नेपालको झण्डा लिएर शान्तिपुर्ण प्रदर्शन गरिएको संयोजक विवेक न्यौपानेले बताउनुभयो ।

पाँच वर्ष देशलाई राम्रो बनाउन लाग्नुस भन्ने आग्रह हुँदा हुँदै पनि क्वारेनटाइनमै नेपाली मर्न पर्ने, आउदाआउदै सीमामै ज्यान फाल्नुपर्ने तर १० अर्व कोरोनाको नाउँमा खर्च भयो भन्दै हिसाव सार्वजनिक गर्दाको पीडाले असह्य भएर सडकमा आउन परेको बताउनुभयो । उहाँले भन्नुभयो,“सवै शासन विधिहरु फाल्दै उत्कृष्ट गणतन्त्र ल्यायौँ । तर कुर्चीको मोहले सरकार भ्रष्टचारमा लिप्त भयो । उपचार नपाएर नेपाली मर्न थाले । हामी टुलुटुलु हेरेर, सुनेर वस्न सकेनौँ र सडकमा आयौँ ।”

सच्चिन छाडेर गृहमन्त्रालयले शान्तिपूर्ण प्रदर्शन रोक्न दिएको आदेशको उहाँले कडा विरोध गर्नुभयो । उहाँले भन्नुभयो,“विरामीको चिन्ता छाडेर आन्दोलनले सरकार ढल्छ भन्ने चिन्ता हो भने नेपाली झन खरो विरोधमा उत्रने छन् । जनतासँग भ्रष्टचारीहरुलाई भुकुण्डो खेलाए झँै खेलाउने तागत छ।”
कार्यक्रममा बोल्दै नारायण जिसीले मानवीय इतिहास नै मेटिने गरी आएको कोरोना महामारी नियन्त्रणमा विभिन्न विज्ञहरुसँग छलफल सहित योजना वनाउनुपर्नेमा सरकार स्वार्थमा भुलेका कारण सडकमा आएको बताउनुभयो । त्यस्तै जापान नवलपुर समाजका सदस्य नारायण शर्माले लकडाउनले रोकिनु परेका नागरिकलाई स्वदेश ल्याउन पनि मनपरी भाडा असुल्न दिएर सरकारले खुल्ला रुपमा भ्रष्टचार गर्न दिएको भन्दै आपत्ती जनाउनुभयो । कार्यक्रममा सहसंयोजक जीवन पौडेल,सामाजिक व्यक्तित्व योगेन्द्र कोइराला,केशव मल्ल, जित वहादुर गुरुङ, रघु कडेंल,विजय अधिकारी, गणेश सापकोटा, सरोज चालिसे लगायतका युवाहरुको सहभागीता थियो । – विजय एफएम, नवलपुर

Facebook Comments Box