कोरोना संक्रमित र प्रहरीबिच झडप, चार जना कोरोना संक्रमित घाईते

खवर पाटी (खोज खबरको अभियान)

दैलेख । शनिबार दैलेखको नारायण नगरपालिका –१ को त्रिभुवन उच्च माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका कोरोना संक्रमित र प्रहरीबिच झडप भएको छ । क्वारेन्टाइनमा बसेको एक महिना वितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि क्वारेन्टाईनका संक्रमित घर जान लाग्दा संक्रमित र प्रहरीबिच झडप भएको हो । झडप हुँदा चार जना कोरोना संक्रमित घाईते भएका छन् । घाइतेलाई एम्बुलेन्सद्वारा उपचारका लागि सरस्वती माविको आइसोलेशनमा लगिएको छ ।

जिल्लामा संक्रमित बढदै गएपछि नारायण क्याम्पसलाई आईसोलेशन बनाएपछि त्यहाँ रहेका आरडीटी पोजेटिभलाई त्रिभुव माविको क्वोन्टाईनमा राखिएको थियो । आइसोलेसनमा वसेकाहरुले महिना दिन पुग्दा पनि पुनः स्वास्थ्य चेक जाँच नगरिएको, पिसिआर पोजेटिभ र आरडिटी पोजेटिभलाई एकै ठाउँमा राखिएको, खानापिन व्यवस्था राम्रो नभएको भन्दै संक्रमितले आन्दोलन गरेका थिए । आरडीटी पोजेटिभ र नेगेटिभलाई एउटै ठाउँमा राखेपछि संक्रमण फैलिने सक्ने भन्दै छिटो पीसीआर रिपोट आउनुपर्ने संक्रमित मागरहेको एक संक्रमितले बताए । उनले भने, ‘म त संक्रमित छु । केही साथी नेगेटिभ हुनुहुन्छ । तर हामी सँगै उठबस गरिरहेका छौं,महिना दिन वितिसक्दा पनि पीसीआर रिपोट नआउँदा हामी सबै घर जान लाग्दा प्रहरीले हामीलाई एक्कासी कुटपिट गरि घाइते बनायो’, उनले थपे ।

आइसोलेसनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको र स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले स्वीकार गरे । प्रहरीको कुटाइबाट एक जनालाई अलि बढी चोट लागेको छ । भने तीन जना सामान्य घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ । बढी घाइते भएका नारायण नगरपालिका ६ का युवक हुन् । घाइते युवकका बाबुका अनुसार आइसोलेसनमा बसेकाले नगरप्रमुखसँग कुरा गर्न चाहेको बताएपछि नारायण नगरपालिका –१ का वडाध्यक्षले प्रहरी लगाएर मारपिट गरेको आरोप लगाए । विद्यालयको आइसोलेसनमा करिब ३४ जना संक्रमितलाई राखिएको छ । केही दिनअघि विद्यालयको क्वारेन्टाइनमा बसेकाले खानेपानी नपाएको भन्दै आन्दोलन गरेका थिए ।

तर ३० दिन सम्म क्वारन्टाईनमा बसिराख्दा पनि पुनःलगिएको स्वाबको रिपोर्ट आउन ढिलाई हुँदा संक्रमित आक्रोशित बनेका छन् । हामी क्वारेन्टाइनमा बसेको एक महिना भयो । सरकार उच्च मनोबल बढाउँदा रोग सञ्चो हुन्छ भन्छ । हाम्रो क्वारेन्टाईनमा कोही पनि जनप्रतिनिधी आउँदैनन् । कसरी मनोबल बढाउने अर्का संक्रमितले प्रश्न गरे । स्थानीय सरकारले संक्रमितलाई अपहेलना गरेको संक्रमितले आरोप लगाए । सो क्वारेन्टाइनमा ३४ जना संक्रमितहरुलाई १ महिनादेखि थुनेर राखिएको छ । राजधानी

Facebook Comments Box