प्रचण्डको भनाईप्रति राप्रपाका अध्यक्ष कमल थापाले दिए असन्तुलित मानसिकताको संज्ञा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईप्रति राप्रपाका अध्यक्ष कमल थापाले असन्तुलित मानसिकताको संज्ञा दिएका छन्। शनिबार प्रतिनिसभा बैठकमा प्रचण्डको राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो भन्ने भनाईप्रति थापाले असन्तुलित मानसिकताको संज्ञा दिएका हुन्।

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत, असन्तुलित मानसिकता हो’ थापाले ट्वीट गरेका छन् ‘१७ हजारको शवमा टेकेर विदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो। नेपालको एकिकरणरअखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।’

संसदमा प्रचण्डले के भनेका थिए?
नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा संसदमा बोल्दै प्रचण्डले भने, ‘गणतन्त्रमा हामी राजतन्त्रले गुमाएको भूमि फिर्ता लिने अवस्थामा आइपुग्यौं।’प्रचण्डले यो ऐतिहासिक जित भएको उल्लेख गरे। उनले नेपाल गणतन्त्र र लोकतन्त्रसँगै संघीयता र समावेशीताको नयाँ युगमा प्रवेश गरेको प्रष्ट पारे। उनले राष्ट्रिय एकताको पक्षमा यो अभूतपूर्व सहकार्य भएको भन्दै प्रचण्डले यसमा साथ दिने राजनीतिक दल र सबैलाई धन्यवाद दिए। उनले यो सबैको सामुहिक विवेकको प्रतिफल भएको प्रष्ट पारे। उनले यो व्यक्ति विशेषले गरेर मात्र नहुने विषय भएकाले यो सामूहिक सफलता भएको प्रष्ट पारे।

“राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ताल्यायो”भन्ने प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत/असन्तुलित मानसिकता हो। १७हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो।नेपालको एकिकरण/अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो।

Facebook Comments Box