नेकपाको सचिवालय बैठक स्थगित, एमसिसी अहिलेकै अवस्थामा पारित नहुने प्रतिवेदन

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक प्रधानमन्त्रीको स्वास्थ्यका कारण स्थगित भएको सचिवालय एक सदस्यले बताए ।

आजको बैठकमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा छलफल हुने भनिएको थियो । बैठकमा पनि आमन्त्रित रुपमा भीम रावल, प्रदीप ज्ञवाली र डा. युवराज खतिवडालाई बोलाइएको थियो ।

संसदको बजेट अधिवेशनबाटै पारित गर्नुपर्नेमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले जोड दिँदै आएका छन् । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका बहुमत पक्षधरले भने अहिलेकै अवस्थामा एमसिसी लागू गर्न नसकिने अडान राखेका छन् ।

पार्टीले गठन गरेको वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको एमसिसी अध्ययन कार्यदलले पनि एमसिसी अहिलेकै अवस्थामा पारित गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन पार्टी अध्यक्षलाई बुझाएको थियो ।

ओली निकट नेताहरु एमसिसीको पक्षमा छन् भने प्रचण्डसहितका बहुमत नेताहरु एमसिसी अहिलेकै अवस्थामा पारित गर्न नहुने पक्षमा रहेका छन् ।

Facebook Comments Box