भारतीय-चिनियाँ सेनाबीच हिंसात्मक झडपमा मृत्यु हुने भारतीय सैनिकको संख्या २०

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी । वास्तविक सीमा रेखा एलएसी अन्तरगत पूर्वी लद्दाखमा भएको हिंसात्मक झडपमा मृत्यु हुने भारतीय सेनाको संख्या २० पुगेको छ । मंगलबार एक अधिकृतसहित ३ जना भारतीय सेनाको मृत्यु भएको जानकारी भारतीय सेनाले दिएको थियो ।

भारतीय न्युज एजेन्सी एएनआइले हिंसात्मक झडपमा मृत्यु हुने भारतीय सैनिकको संख्या २० पुगेको जनाएको छ । यो संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यम इण्डिया टुडेले ४३ चिनियाँ सैनिकको पनि घटनामा ज्यान गएको दावी गरेको छ । तर चीनले अहिलेसम्म आफ्नो तर्फको क्षतीको विषयमा जानकारी दिएको छैन ।

सोमबार गल्वान घाटी नजिक दुई देशका सेनाबीच हिंसात्मक झडप भएको थियो । भारतीय सेनाले पनि आफ्नो तर्फ २० सैनिकको मृत्यु भएको जनाएको छ ।

घटनापछि दुवै देशले सीमा क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाएका छन् । थप झडप हुन नदिनका लागि दुवै पक्षका सैन्य अधिकारीले मंगलबार एक चरण वार्ता गरेका छन् ।

Facebook Comments Box