कश्मीरमा ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीन भिडन्त

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कश्मीरमा पछिल्लो ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त भएको छ । जसमा चार सैनिक घाइते भएका छन् । अन्य तीन आतंककारी मारिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, श्रीनगरको खानयारको एउटा घरमा दुईदेखि तीन आतंककारी लुकेका थिए । सेनाले घरमा बमबारी गरेको छ । जसमा एक आतंकवादी मारिएका छन् । घटनास्थलबाट आतंककारीको शव र गोलाबारुद बरामद गरिएको छ ।

श्रीनगरमा दुई सीआरपीएफ जवान र दुई प्रहरी पनि घाइते भएका छन् । १५ सेप्टेम्बर २०२२ पछि यो पहिलो आतंकवादी घटना हो । त्यसपछि भिडन्तमा दुई आतंकवादी मारिएका थिए ।

शनिबार अनन्तनागमा भएको भिडन्तमा सुरक्षा बलले दुई आतंककारीलाई मारेको थियो । शनिबार बिहान साङ्गुस लार्नुको जंगलमा सुरक्षा बल र आतंककारीबीच भिडन्त सुरु भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *