नेपाली समाज अस्ट्रेलियाको एनएसडब्लु राज्य संयोजकमा राई मनोनित

खवर पाटी (खोज खबरको अभियान)

सिड्नी । नेपाली समाज अस्ट्रेलियाको जुन २१ मा बसेको नियमित बैठकले न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य संयोजकमा राम सिप्तुङ्खा राईलाई मनोनित गरेको छ । पाँचथर जिल्लामा जन्मिएर बिगत १३ बर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका राई बिभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय रहदै आएका छन् ।

संयोजकमा राई नियुत्त भएपछि बधाई दिदै प्रबास समितिका उपाध्यक्ष सुवान चौलागाईले राम राईको नेतृत्वमा नेपाली समाज एनएसडब्लु समितिले नेपाली समुदायको हितमा दुःख सुखमा प्रभाबकारी काम गर्ने बिश्वास राख्दै बधाई दिएको थियो । साथै नबनियुक्त संयोजक राईले संगठनले दिएको कार्यभार सबै पक्ष सँग समन्वय गर्दै संगठन र नेपाली समुदायको हितलाई प्रथामिकता राखेर निर्बाह गर्ने प्रतिबद्वता जनाएको समाजका महासचिब सन्तोष आचार्यले जानकारी दिए । बैठक नेपाली समाजका अध्यक्ष गणेश तामाङ्गको अध्यक्षतामा बसेको थियो ।

Facebook Comments Box