कतै तपाई पनि ठगिन त लाग्नु भएको छैन ? भाइवरमा सन्देश पठाउँदै मानिसहरु ठग्दै

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । भाइवरमा ‘तपाईले लाखौं रुपैयाँ जित्नु भयो’ भन्दै सन्देश पठाउने र ठगी गर्ने कार्य हुने गरेको पाइएको छ । यस्तो सन्देश पठाउँदै नेपालमा ठगिनेहरु बढ्दो क्रममा छ ।

पुरस्कार जितेको म्यासेज पठाउने र सो पुरस्कार पाउनका लागि उल्टै नेपालबाट रकम पठाउनुपर्ने भन्दै रकम असुलेर धेरैको बिचल्ली बनाइसकेको छ ।

यससम्वन्धी पछिल्लो समय महानगरीय प्रहरी अपराध महाशाखाले गरेको अनुसन्धानबाट केही युवा पक्राउ परेका छन् । महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार, भाइबर, इमो लगायतका सामाजिक सञ्जालमा आएको म्यासेजको भरमा पत्याउँदा धेरै घरबारविहीन भएका छन् ।

ठगी गर्नेहरुले ‘तपाईले प्रयोग गर्नुभएको भाइवर नम्बरले नगद ४० लाख आइसी र १० तोला सुन जित्नुभएको छ’ भन्दै सन्देश पठाउने गरेको पाइएको छ ।

प्राप्त सन्देशअनुसार, ‘भाइवर कम्पनीले नेपाल भारत, यूएस, भुटान र दुवई यी पाँच मुलुकबीच प्रतिस्पर्धा गराएको थियो । हरेक मुलुकबाट ५०–५० वटा भाईवर नम्बर छानिएको छ । नेपालबाट छानिएको ५० भाईवर नम्बरमध्ये यो तपाईको भाईवर नम्बरले क्यास ५० हजार आइसी र १० तोला सुनका लागि भाईवर कम्पनीको तर्फबाट छानिएको छ’ भन्दै आश्वस्त पार्ने गरिएको छ ।

सन्देशमा भनिएको छ, ‘तपाई र तपाईको परिवारलाई धेरै–धेरै बधाई । तपाईले जित्नुभएको रकम भारतको एसबीआई बैकको धर्मन्द्र प्रताप सिंहको नाममा पठाएको छ । उनी स्टेट बैक अफ इन्डियाको बैंक म्यानेजर हो । तपाईलाई उनको वाट्स एप सम्पर्क नम्बर र तपाईले जित्नुभएको पुरस्कार नम्बर दिन्छौं । तपाईको प्राइज नम्बर रहेको छ ००५२६ । यो तपाईको प्राइज नम्बर हो ।
धमेन्द्र प्रताप सिंहको वाट्स एप नम्बर ००९१९९७११३०४४० । यो उनको नम्बर हो । तपाई उनलाई वाट्स एप नम्बरमा कल गर्नुस र कन्फर्म गर्नुस, कसरी प्राइज दिइन्छ तर आफूले जित्नुभएको प्राइजको बारेमा अरुलाई जानकारी नदिनुस् । तपाईको नम्बर नक्कली भए वा सिम विग्रेको भए त्यसको जिम्मेवार तपाई नै हुनेछ । तपाईलाई यो रेर्कडिङ सुनाईनेछ र तपाई प्राइज दावी गर्न पाउने छैन ।’

यसरी ठगी गर्ने गरेको पाइएकाले कुनै पनि अपरिचित व्यक्तिले पठाएको सन्देशको पछि नलाग्न प्रहरीले आव्हान गरेको छ । नागरिक खबर

Facebook Comments Box