बारा करैयामाईमा १२५ किलो ग्राम अवैध लागुऔषध गाँजा सहित ३ जना पक्राउ

खवर पाटी (खोज खबरको अभियान)

बारा । बारा करैयामाई गाउँपालिका वडा नं. ३ मा असार १२ गते बिहान १२५ किलो ग्राम अवैध लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषध गाँजा ओसार पसार भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको आधारमा मिति २०७७/०३/१२ गते बिहानको समयमा प्रहरी चौकी गंजभवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं. ३ स्थित बुलेट इँट्टा उद्योगमा पुग्दा यी ब्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको हो ।

चितवन जिल्लाको लोथरबाट ना ७ ख ४२५२ नम्बरको ट्रकमा बोकी ल्याएको अवैध लागुऔषध गाँजाका पोकाहरू ट्रकबाट झारी लुकाई छिपाई राख्ने उदेश्यले भट्टाको म्यान (इँट्टा पोल्ने स्थान) भित्र लगिरहेको अवस्थामा फेला पारी ट्रक समेतको तलासी गर्ने क्रममा ९ वटा बोरा भित्र ९१२५ किलो ग्राम अवैध लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । उक्त अवैध लागुऔषध गाँजा ओसार पसारमा प्रयोग भएको ना ७ ख ४२५२ नम्बरको ट्रक तथा प्र. न. २-०३-००१ प – ९४१ नम्बरको मोटरसाइकल समेत बरामद गरी संलग्न व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।
पक्राउ पर्ने व्यक्तिहरूमा जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं. १७ ब्रह्मपुरी टोल बस्ने रामकृत राउत अहिरको छोरा ना ७ ख ४२५२ नं. को ट्रक चालक वर्ष २५ को सुवोध प्रसाद यादव, जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. ९ घर भई हाल जिल्ला बारा करैयामाई गाउँपालिका वडा नं. ४ लौतन टोल बस्ने महमद देवानको छोरा वर्ष ६२ समसुलहक देवान र जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. ७ बस्ने सुब बहादुर राईको छोरा वर्ष ४५ को लक्ष्मी बहादुर राई रहेका छन ।

Facebook Comments Box