देशका अधिकांश भू–भागमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।

प्रदेश नं १, ५ र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेग गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ ।

त्यस क्षेत्रमा भारि बर्षाको समेत सम्भावना रहेकाले आवशयक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

त्यसैगरी पछिल्लो ६ घण्टामा ईलाम, झापा, मोरङ, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा मध्ययमदेखि भारी बर्षा भएको छ ।

त्यस क्षेत्र भई बहने साना नदीमा आकस्मिक बहाव हुन सक्छ भन्दै महाशाखाले सतर्कताका लागि अनुरोधसमेत गरेको छ ।

आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा पूर्ण बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका र प्रदेश ५ का केही स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ।

Facebook Comments Box