थप ४६३ जनामा कोरोना पुष्टि, सङ्क्रमित को संख्या १२ हजार ७७२, निकाे हुने ३ हजार १३

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं, असार १४ । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, १०५ जना महिला र ३५८  जना पुरुष रहेका छन् । कुल सङ्क्रमित हुनेमा एकहजार चारसय ७४ जना महिला र एघारहजार दुईसय ९८ पुरुष रहेका छन् ।

डिस्चार्ज

थप १७९ डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीनहजार १३ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिलासहित १७९ जना डिस्चार्ज भएका छन्।

प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिमलगायतका जिल्लामा गरी थप ४६३ जनामा कोरोना पुष्टि भएको हाे ।

ललितपुरमा थप एक  

ललितपुरमा थप एकजना महिला सङ्क्रमित थपिएको छ ।

रेड जोन

रेड जोनमा दुईजना थपेसँगै अहिले ५१४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा २२ वटा परीक्षणशालामा चारहजार ९६२ र आरडीटी दुई हजार ७३२ रहेको छ । क्वारेन्टाइनमा ६१ हजार ७३१ र आइसोलेसनमा नौहजार ७३१ जना रहेका छन् ।

Facebook Comments Box