‘प्रधानमन्त्री भएर जुन खालको अभिव्यक्ति दिनुभयो त्यो गलत छ, बलजफ्ती गर्न मिल्दैन ।’ – वामदेव गौतम

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ता भएको बताएका छन् ।

बैठकमा बोल्दै गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीबाट भएका क्रियाकलापको छानविन हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘नेपाली कम्युनिष्ट आन्दोलनविरुद्ध र पार्टी एकताविरुद्ध जाने उहाँको यो कदमको पार्टीले छानविन गर्नुपर्छ । उहाँकै निर्देशनमा दर्ता भएको हो । म जानकार छु ।;

उपाध्यक्ष गौतमले मदन जयन्तीको दिन दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताए । उनले भने, ‘प्रधानमन्त्री भएर जुन खालको अभिव्यक्ति दिनुभयो त्यो गलत छ । त्यसैले उहाँले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ । बलजफ्ती गर्न मिल्दैन ।’

प्रधानमन्त्री अ‍ोलीले पदीय मर्यादा, पार्टीको प्रतिष्ठा र देशकै प्रतिष्ठामा खेलवाड गरेको आरोप गौतमले लगाएका छन् ।

Facebook Comments Box