ओलीबादले नेकपालाइ पतनको यात्रामा लैजादै छ – बि बि खराल

खवर पाटी (खोज खबरको अभियान)

कम्रेड प्रचण्डले मोहन बैध डा बाबुराम, नेत्रबिक्रम चन्द बिप्लब र सिङ्गो माओबादी आन्दोलनमा सरिक साथिहरुलाइ भन्दा तत्कालीन समय नेकपा एमाले कै साथिहरुलाइ बढि बिस्वासका साथ बोकेर हिड्नु भयो । अहिले जरो खन्ने पनि केपी खेमा हामी दोस्रो दर्जाका कम्युनिष्ट रु कस्तो न्याय हो । अन्तः नेकपा माओबादी छियाछिया बन्न पुग्यो ।

पच्छिल्लो समय २०७२ पछि पनि कम्रेड केपी ओलीलाइ बोकेर प्रधानमन्त्री को लागि तेस्रो दलको हैसियतले समर्थन गर्दै प्रधानमन्त्री बनाउनु भयो । २०७४ मा पनि केपी कम्रेडलाइ नै बोकेर प्रधानमन्त्री र अध्यक्षमा केपी ओली लाइ नै बोक्नु भयो । अहिले कम्रेड प्रचण्ड जी लाइ नै केपी ओली हनुमान बाद ले भारतीय दलाल भन्दै कुर्लिन थालेको देख्दा लज्जा र घिन लाग्दछ । कम्रेड प्रचण्ड ले २०७२ मा र २०७४ मा केपी ओली जी लाइ नबोकेको भए नत केपी ओली जिन्न्दगि प्रधानमन्त्री बन्थे नत अहिले यति ठुलो पार्टीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै बन्ने थिए । यति बेला देश तत्कालीन नेकपा माओबादीको महान जनयुद्दको एजेण्डामा देश संघिय लोकतन्त्रीक गणतन्त्रमा स्थापित हुदै जनताबाट लिखित संबिधान प्राप्त भएको छ । के कम्रेड प्रचण्डले पार्टी एकतामा देखाएको लचकता, आफ्नो गठबन्धन सरकारलाइ त्यागेर बाम एकतामा देखाएको साहस र त्याग केवल ओली भन्ने ब्याक्तिलाइ सत्तामा साढे गोरु झै मात्तिएर उनमात भएर जेपनि बोल्न र गराउन दिनुपर्ने छुट नै बाम एकता र नेकपाको लाइन हो त ? ? ?

बर्तमान समयमा नेकपाको सरकार होकि मण्डले वा भाइ वा दाइ काग्रेस पार्टी को सरकार हो रु प्रधानमन्त्री जस्तो गरिमामय पद र नेकपा को पार्टी अध्यक्ष जस्तो गरिमामय पदको हैसियत र ओहदालाइ राख्न नसक्ने कम्रेड केपी ओली जी लाइ अबपनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीको कुर्चिमा बस्ने नैतिकता छ र ? ?  अहिले केपी प्रम ले देखाएको नक्कली राष्ट्रबाद र आफ्नो कुर्चिको लागि फालिएको एनटि ईन्डियन कार्ड बाट सरकार लम्बाएर धमिलो पानी मा माछा मार्न खोजिएको हो भन्ने के जनताले बुझेका छैनन र ? ? ?

कोरोना होस वा जनकपुरधाममा दाजुभाइ बढे मिया र छोटे मिया भएका भारतीय प्रम नरेन्द्र मोदि र नेपालका प्रम केपी ओली बिचको दोस्ति कालापानी लिपुलेकमा एक पटक पनि भारतीय प्रम बढे मिया दाइ लाइ एक कल गर्न सक्ने हैसियत किन राख्न सक्नु भएन रु प्रम केपी ओलीको सरकारले तिन वटा बजेट पास गर्यो । तिन वटै बजेटबाट प्रत्येक्ष रुपमा हाल सम्म किसान बर्गले राहत महसुस गर्न र कृषि जनमुखि अनुदान पाउन सकेका छैनन । उतिबेला तत्कालीन अर्थ मन्त्री डा. बाबुराम भटराइको पालामा किसान लाइ ३० हजार सम्मको कृषि लोन मिनहा भएको थियो । अहिले कोरोना माहामारीमा नेपाली किसानहरुले आफ्ना बारिका तरकारी बारिमै सडाउन पर्यो केहि बेचिएका समान पनि केहि पालिकाले गाडिबाटै निकाले गाढेका थिए तर भारत बाट आएका तरकारी फलफुलहरु अरबौ मा भित्रीए तर नेपाली किसानहरु उठ्नै नसक्ने गरी थन्किए । प्रम केपी ओली नेकपाको पार्टी अध्यक्ष मात्र नभएर उनि देशको प्रधानमन्त्री समेत हुन । उनको स्वाथ्य प्रतिकुल पनि छैन । उनले बिगत चुनाबमा बोलेका पानी जहाज, रेल, हावाबाट बिजुली, सुतेकै ठाउमा भात जस्ता हावा उखान लाइ जनताले बिश्वास गरे र दुइ तिहाई करिब मतले अनुमोदन गरिदिए ।

हाल सम्म नेकपा पार्टी पुर्ण रुपमा एकता टुङ्गिन सकेको छैन, सरकार निर्मला काण्ड, सुन काण्ड, सेण्डिकेट काण्ड, गुठि बिदेयक, दल पार्टी फुटाउने बिधेयक, एमसिसि पास गराउने जोड, कोरोनामा ओमनी ग्रुप काण्ड लगायत थुप्रै काण्डबाट एक कम्युनिष्ट पार्टीको सरकार यति धेरै बिचल्लित र बदनाम भैइरहने, अन्तराष्ट्रीय सम्बन्ध भाड्ने जस्ता कृयाकलाप र अब्यबस्थित लकडाउन र क्वारेन्टाइन खर्चले यो सरकार बदनाम भैसक्यो । नेकपाको स्थाइ कमिटि बैठक सरदै आएर अहिले बैठकले र बैठक बाट नै केपी ओली लाइ राजिनामा दिन आवाज र दबाब आयो । यो दबाब आवाज ढिलो आएतापनि आवाज राम्रै आयो भन्ने मलाइ लाग्छ। तर अहिले प्रम गुठले निर्बाचन आयोगमा नेकपा एमाले दर्ता गराउने, कोरोनाकै बिचमा पार्टी फुटाउन खोज्ने, सरकार बदनाम भैइरहने, न्युज पट्रोल, प्रमका सल्लाहकार हरुको काण्ड यतिले पनि नपुगे अझै चाहिएको के कम्युनिष्ट पार्टी बिचार र सिधान्तको लाइन र बटम लाइनको नहुने भए किन नाम नेकपा राख्ने ? ? ?

५० को दशकमा प्रम केपी राष्ट्रघाती माहकाली सन्धि गरेपछि कमुनिष्ट पार्टी हरुमा एक खाले नेपालमा कम्युनिष्ट आन्दोलन समाप्त पार्न भारतले केपी कम्रेड लाइ प्रयोग गरेको भन्ने प्रश्न न उठेका पनि होइनन । बर्तमान समयमा पार्टी स्थाइकमिटिमा केपी ओली जी ले बजारमा जनतालाइ झुक्काए जस्तो आफ्नै सहकर्मिलाइ झुकाउन्न खोज्ने पेल्न खोज्ने जे म नै सर्बच्चो भन्दै जङ्ग बहादुर बन्न खोज्नुको रहस्य के हो ? ?  अन्तः नेकपालाइ बिसर्जन गराउन केपी खेमा लाग्नु र पार्टी फुटाउन धम्कि दिनु र सरकारमा बसेर जे पनि जसो पनि बोलिदिने र सरकार काण्डमा फस्दा पनि लाज नमान्ने प्रम कम्पनीका ले यतिबेला नैतिक धरातललाइ कुल्चनु र धम्काउने र अन्य नेताहरुको चरित्र हत्या गर्न खोज्नु आखिर किन रु रु लाज र नैतिक इथिक भन्ने नभएकै र गुण्डाराज चलाउन खोजेकै होत रु रु ओली खेमाकालाइ का मनुवाहरुमा यतिबेला सत्तसोच र अहमता सत्तामा केपी ओलीजीलाइ राखिरहने र आफुहरुले सत्ताको मोज लिने र दादागिरि गरेर पार्टी बिसर्जन गराउन खोज्ने कुन हो रु रु त्यसैले अध्यक्ष प्रचण्ड लगायतलाइ मेरो सुझाब अझै अब केपी ओलीलाइ प्रम बोकिरहे नेकपा पतन र बिसर्जनमा हुदै नेपालमा आन्दोलन समाप्त हुने खत्रा देखिएको छ ।

  • बि बि खराल
Facebook Comments Box