राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छन् ।

उनले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपराह्न ५ बजेदेखि लागू हुनेगरी संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

अब राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रअनुसार संसद् सचिवालयले सूचना टाँस गरेपछि औपचारिक रुपमा अधिवेशन अन्त्य भएको मानिन्छ ।

Facebook Comments Box