अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । बैठक चल्दै गर्दा अध्यक्षद्वयबीच बालुवाटारमै वार्ता भएको एक सचिवालय सदस्यले जानकारी दिए ।

अध्यक्षद्वयबीच पार्टीमा देखिएको विवाद र सम्भावित निकासका विषयमा छलफल भएको छ । भेटमा प्रचण्डले पार्टी फुटाउने तयारी किन गरेको र सडकमा कार्यकर्ता उतारेर के गर्न खोजेको भनेर ओलीलाई प्रश्न गरेका प्रचण्ड निकट नेताले नागरिकखबरलाई जानकारी दिए ।

पार्टीका ३१ जना स्थायी कमिटी सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवैपदबाट राजीनामा दिनुपर्ने बताएपछि चौतर्फी दबाबमा परेका ओलीले सडक प्रदर्शन गर्न निर्देशन दिएका छन् भने दल विभाजनका लागि अध्यादेश ल्याउने तयारी स्वरुप आजैदेखि सदनको अधिवेशन अन्त्य गर्न सिफारिस गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगत्तै अन्त्य गरिएको सूचना संघीय संसद सचिवालयमा जानकारी गराएकी छन् ।

Facebook Comments Box