अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

नेकपा स्थायी कमिटीको बैठक चलिरहेका समयमा ओलीसँग छलफल गरेर प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

राष्ट्रपतिसँग भेटेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेका थिए । लगत्तै राष्ट्रपति भण्डारीबाट सदन अन्त्य गरेको सूचना संसदमा पठाएकी थिइन् ।

Facebook Comments Box