अब भारतमा रहेका नेपालीहरूले सहजै सिमकार्ड पाउने

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- नेपाली नागरिकहरूले भारतमा अब सहज रूपमा सिमकार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नेपालीहरूले भारतमा सहज रूपमा सिमकार्ड पाउने बताएका छन् ।

‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो’ शर्माले एक्समा लेखेका छन् ‘हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ ।’

 

नेपालीहरूले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन पाउने उनले एक्समा उल्लेख गरेका छन् ।

यसअघि नेपालीहरूले भारतीय नागरिकको सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *