सरकारद्धारा आन्तरिक उडान र होटल व्यवसाय खोल्ने तयारी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सरकारले लकडाउनका कारण बन्द रहेको आन्तरिक उडान र होटल व्यवसाय खोल्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक उडान र होटल व्यवसाय खोल्ने तयारी भएको जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमार्फत भट्टराईले पर्यटकीय क्षेत्रलाई गतिमा ल्याउनका लागि स्वास्थ्य सुरक्षा प्रोटोकल बनाएर होटल तथा उडान क्षेत्र खोलिने जानकारी दिए । त्यसका लागि सम्बन्धित क्षेत्रका व्यक्तिलाई तयारी गर्न आग्रह गरिएको उनको भनाइ छ ।

चैत ११ गतेदेखिको लकडाउनका कारण आन्तरिक तथा बाह्य उडान र होटल व्यवसाय बन्द नै छ । मन्त्री भट्टराईले होटल र आन्तरिक उडान खुला गर्नका लागि आफूले सम्बन्धित क्षेत्रका व्यवसायीसँग छलफल गर्न थालेको बताएका छन् ।

Facebook Comments Box