अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्णायक वार्ता

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निर्णायक वार्तामा दुवैतर्फबाट दुई दुईजना नेता सहभागी भएका छन् ।

पार्टी विभाजन रोक्न भन्दै सुरु भएको वार्तामा ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् । नेताहरुबीच मंसिर ४ गतेको सहमतिमा केन्द्रितरहेर छलफल चलिरहेको छ ।

शुक्रबार अध्यक्षद्वयबीच झण्डै तीन घन्टासम्म चलेको वार्तामा मंसिर ४ गतेको सहमतिका आधारमा अगाडि बढ्ने विषयमा छलफल भएको थियो । शुक्रबार अध्यक्षद्वयसँग विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए ।

त्यसअघि आज नै प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफूहरुले महाअभियोग लगाउन नभएर अध्यादेश रोक्ने विषयमा छलफल गरेको प्रष्टिकरण दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले आफू र राष्ट्रपतिविरुद्ध षड्यन्त्र भएको बताएका थिए । मंसिर ४ मा एकजनाले सरकार र एकजनाले पार्टी सञ्चालन गर्ने सहमति भएको थियो ।

Facebook Comments Box