पोखरा । गैडाकोट नगरपालिका भित्रका १०, ११, १२ र १३ चार वडामा रहेको श्री नव ज्योति दुग्ध सहकारी सस्था लिमिटेड गण्डकि प्रदेश कृषि तथा सहकारी मन्त्री लेक बहादुर थापालाइ ज्ञापन पत्र बुझाएको छ । कोभिड १९ र चैत ११ गते देखि को लकडाउनका काराण दैनिक पाच हजार लिटर दुग्ध उत्पादनमा कमि आएको र राज्य स्तरबाट गाइपालक किसानहरुलाइ बजेडले पनि महत्वपुर्णका साथ नहेरेको र किसानहरु ठुलो मर्कामा परेको भन्दै प्रदेश मन्त्रीलाइ किसानहरुको पिडा लाइ प्रदेश सरकारले बिशेष महत्वका साथ हेरिदिन अपिल गरेको छ ।
बार्षिक चालिस लाख भन्दा बढि दुग्ध उत्पादन गर्ने नव ज्योति सस्थामा ६५० भन्द बढि घरधुरि किसनहरु आबद्ध रहेका छन । लकडाउनका कारण किसानहरु लाइ चापट चोक्कर दाना र पराल खरिदमा समेत चर्को मुल्यका कारण किसानहरु मर्कामा रहेका हुनाले प्रदेश सरकारले यस क्षेत्रको स्थलगत अनुगमन गरि दुग्ध रेड जोन घोषणा गर्न समेत अपिल गरेको छ । सस्थाले मन्त्रीलाइ प्रतिलिटर अनुदान स्वरुप किसानहरुलाइ राहत दिन र कृषि क्षेत्रभित्र रहेकाले सस्थान लाइ बिजुलि खपत युनिटमा पनि शुल्क मिनाह गरिदिन समेत अनुरोध गरेको छ । मन्त्री लेक बहादुर थापा ले यस क्षेत्र प्रदेशको नजरमा रहेको भन्दै हाम्रो ठोस कदम र किसानहरुलाइ राहत स्वरुप दुग्ध मा अनुदान प्रति लिटर रु दुइ रुपया पचास पैसा दिने घोषणा समेत गरेका छन ।
प्रदेश सरकार ले गैडाकोट नपा भित्र रहेको ४ वडा र नवलपुर क्षेत्रको अनुगमन समेत गर्ने र यस क्षेत्रका किसानहरुलाइ प्रदेश सरकारले बिभिन्न प्याकेज ल्याउने बताएका छन । नव ज्योति सस्थाको प्रतिनिधिका रुपमा सस्थाको अध्यक्ष रेशम माया गुरुङ, प्रमुख ब्यबस्थापक रामचन्द्र आचार्य, किसान बि बि खराल, सह ब्यबस्थापक रामु कण्डेल र किसान दिनबन्धु केसि सहितको टोलिले मन्त्रीलाइ ज्ञापन पत्र बुझाएका छन ।