नक्साल डोजोमा गुरु पूर्णिमा

खवर पाटी (खोज खबरको अभियान)
काठमाडौ २१ असार, नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा गुरु सम्मान दिवशको अवशरमा गुरुपुर्णिमा मनायो । नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका सम्पूर्ण खेलाडीहरुले गुरु पूर्णिमा २०७७ को शुभ अवशरमा गुरुलाई सम्मान गरी धुम धामपूर्वक गुरु पूजा मनायो । नेपाल स्वयम्-सेबक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एवम् नेपाल सितोरियो कराते संघका केन्द्रिय सचिव तथा प्रवक्ता तथा शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ लाई डोजो द्धारा उत्पादित सिनियर राष्ट्रिय तथा अन्तराष्ट्रीय खेलाडीहरु, सहायक प्रशिक्षकहरु, राष्ट्रीय निर्णायकहरु, करातेकर्मी लगायतले गुरुप्रति सदभावले फूल, माला, खादा अबिर लगाई फलफुल तथा मिठाई ख्वाएर सम्मान गरी गुरु पुजा मनायो ।
प्रमुख प्रशिक्षक एबम अध्यक्ष खपाङ्गीले ह्याप्पी गुरु-पुर्णिमा लेखिएको केक काटी गुरुपुजाको आरम्भ गरेका थिए । बिगत २१ बर्ष देखि अर्थात २०५६ सालमा स्थापित यस डोजोमा दैनिक रुपमा करिव एकसय जना खेलाडीहरुले प्रशिक्षण लिईरहेका थिए भने हाल बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण मुलुकभर लकडाउन भएकोले बिगत ३ महिनादेखि यस डोजोको प्रशिक्षण हाललाई बन्द रहेकाछन भने आगामी साउन १ देखि सामाजिक दुरी कायम गरि सन्चालन गर्न गईरहेको अध्यक्ष खपाङ्गीले बताउनुभयो ।
नेपाली करातेको ईतिहासमै सबैभन्दा बढी प्रतियोगिता आयोजना गर्ने प्रख्यात डोजोको रुपमा परिचित यस डोजोले हालसम्म २ वटा काठमाण्डौ जिल्ला-व्यापी, ६ वटा उपत्यका-ब्यापी, ६ वटा बागमतीअन्चल-व्यापी, १ वटा अन्तरडोजो राष्ट्रव्यापी र ६ वटा सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको सफल आयोजना गरिसकेकाछन । प्रत्येक बर्ष आफ्नो बार्षिक क्यालेन्डर अनुरुप कार्यक्रम आयोजना गर्दै आईरहेको यस शाखा डोजो नक्सालको यो समग्रमा २१ औं गुरु पूजा हो ।
Facebook Comments Box