दुई वर्ष समाजवादी मोर्चालाई सरकारको नेतृत्व गर्न दिऔँ, बाँकी कांग्रेसले नेतृत्व गरौँ : गगन थापा

राजनीति समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व गर्न दिएर बाँकी कार्यकाल कांग्रेस एक्लैले सरकार चलाउने प्रस्ताव अघि सारेका छन् । आइतबार काठमाडौँमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

महामन्त्री थापाले समाजवादी मोर्चाले पार्टी एकता गर्नेसम्मको विषय अघि सारेको र सरकारको नेतृत्व पुष्पकमल दाहालपछि माधवकुमार नेपालले गर्ने सहमति भएको भन्दै दुई वर्षपछि कांग्रेस एक्लैले सरकार चलाउने गरी अहिलेको मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाएर सरकारको समर्थन गर्नुपर्ने बताए । उनले समाजवादी मोर्चालाई सहमतिअनुसारको समय दिएर बाँकी कार्यकाल कांग्रेसले मात्रै सरकार चलाउने सहमति निकाल्नुपर्ने बताए । उनले सरकारलाई तलबाट साथ दिने तर असहमतिमा असहमति जनाउन सक्नुपर्ने बताए ।

 

महामन्त्री थापाले प्रदेशका लागि बनाउनुपर्ने सबै कानुन बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए । उनले नेपालमा प्रदेश नहुँदै गर्दाको जति नै खर्च कम गरेर देखाइदिनुपर्ने भनाइ राखे । आफैँ संघीयता भनेर ल्याएर संविधानमा राख्ने र आफैँ काम भएन भन्न नहुने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीमा दलको नेताको दादागिरी भएको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *