रास्वपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, अब संसदमा सशक्त भूमिका निर्वाह गर्ने

मुख्य समाचार राजनीति
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने जानकारी दिए । उनले संयुक्त बैठकबाट यो निर्णय गरेको बताए । उनले जनभावनाको कदर गर्दै आफूहरूले यस्तो निर्णय गरेको बताए ।

अब पार्टीले संसद्‍मा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले जनाए । उनले अब पार्टीले संगठन विस्तारको प्रक्रिया द्रुत गतिमा अघि बढाउने पनि बताए । अब संसद्‍मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि उनकाे भनाइ छ । सभापति लामिछानेले भुटानी शरणार्थीबारे सरकारले चालेको कदम स्वागतयोग्य रहेको र यसलाई निरन्तरता दिने वा नदिनेबारेमा भने नियालिरहेको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *