सिम्रिक एयरको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

विराटनगर । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिथ्रुङमा सिम्रिक एयरको हेलिकप्टर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको छ । हेलिकप्टरको पंखा भित्तामा ठोक्किएर दुर्घटना हुँदा पाइलट सुरेन्द्र पौडेल र हेलिकप्टरमै सवार भविन गुरुङ गम्भीर घाइते भएका छन् ।

हेलिकप्टरमा रहेका छिरिङ भोटे भने हामफाल्ने क्रममा घाइते भएको जनाइएको छ । भोटे सिम्रिक एयरकै स्थानीय कर्मचारी रहेको जनाइएको छ । नजिकै रहेको नेपाली सेनाको ब्यारेकबाट खटिएका उद्दारकर्मी र स्थानीयको सहयोगमा तिनै जनालाई उपचारका लागि लैजाने तयारी भइरहेको घटनास्थल पुगेका भोटखोला–४ का वडाध्यक्ष विकास तामाङले जानकारी दिए ।

‘म भर्खरै घटनास्थलमा आइपुगेको छु, घटनास्थलमा पाइलट सुरेन्द्र पौडेल, हेलिकप्टरमा चढेका स्थानीय व्यक्ति भविन गुरुङ गम्भीर घाइते भएका छन्’ उनले भने, ‘सिम्रिकको कर्मचारी छिरिङ भोटे हेलिकप्टरबाट हाम्फाल्दा घाइते भएका छन्, अहिले यहाँ नजिकै रहेको आर्मीले उद्दार गरिरहेको छ ।’ त्यहाँ निर्माणाधीन अपर अरुण जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेर जाने क्रममा साढे १ बजे हेलिकप्टर दुर्घटना भएको संखुवासभा प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *