नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनले देखाएको रबैया निरंकुशताउन्मुख रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सत्ता गठजोडले देखाएको रबैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए । अहिलेको रबैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको उनको भनाइ थियो ।
उनले भने, “प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र हो । प्रेसले प्रश्न उठाउन छोड्यो भने, त्यसले त्यहाँ भित्रबाट आफ्नो दुविधाहरु राख्न छोड्यो भने डेमोक्रेसी त म¥यो । त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन । प्रतिपक्षलाई सदनमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने । यो प्रयोग भइरहेको छ । मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी । नेपाली कांग्रेसले अहिले लिएको पोजिसन प्रकारान्तले तपाईंहरूसँग जोडिएको छ ।” महामन्त्री थापाले सरकारलाई झक्झक्याउने समय आएको बताए ।