गाँजा तस्करीमा संलग्न स्कारपियो गाडी नियन्त्रणमा

समाचार
खवर पाटी (खोज खबरको अभियान)

मोरङ्ग / मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १ स्थित नोवेल डेरी चोक ईलाकाबाट बैशाख १३ गते सशस्त्र प्रहरीले करीव १ सय २० के.जी. गाँजासहित गाडी नियन्त्रणमा लिएकोे छ । ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको बी.आर ११ भी ७६४५ नम्बरको भारतीय स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण मोरङ्गले गाँजासहित नियन्त्रणमा लिएको हो । गाडी रोक्ने क्रममा चालक भने फरार भएका छन् । नियन्त्रणमा लिईएको गाँजा र गाडी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ्गमा बुझाईएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *