दुर्गा प्रसाईंलाई कर बुझाउन राजश्व कार्यालको १५ दिने अल्टिमेटम

समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयकर छली गरि राजश्व कार्यालयमा नबुझाएपछि उनलाई कर कार्यालयले १५ दिने भित्र बुझाउन ‘अल्टिमेटम’ दिएको छ।आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै प्रसाईंलाई १५ दिनको समय दिई सो समयभित्र चुक्ता गर्न समेत भनेको छ ।

बीएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर उनले लामो समयदेखि छली गर्दै आएको र नबुझाएको राजस्व कार्यालयले जनाएको छ। राजश्व कार्यालयले पटक–पटक पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर (भ्याट) दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरि बुझाउन आउन भनेको छ । दुर्गा प्रसाईंसहित कर बक्यौता रहेका ३६ कम्पनीलाई कार्यालयले १५ दिने ‘अल्टिमेटम’ दिएको जनाएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *