नेकपा स्थायी समितिको बैठक स्थगित : बालुवाटारमा प्रचण्ड र ओली छलफलमा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आजको छलफल हिजोको छलफलको निरन्तरता भएको बताइएको छ ।

आजको छलफलले पार्टीमा जारी गतिरोध अन्त्य गर्ने विश्वास लिइएको छ । साथै आज बस्ने भनिएको स्थायी समितिको बैठक पनि स्थगित गरिएको छ । स्थायी समितिको अर्काे बैठक २४ असारका लागि बोलाइएको छ ।

Facebook Comments Box