पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना पुष्टि, कुल सङ्क्रमित १५ हजार  ९६४ पुगे, छ हजार ८११ डिस्चार्ज

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, असार २२ । पछिल्लो २४ घण्टामा १८० जनामा कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १५ हजार  ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

क्वारेन्टाइनमा २९ हजार २१५ र आइसोलेसनमा नाै हजार ११८ जना रहेका छन् । आज २६४ जना निको भएर डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म छ हजार ८११ डिस्चार्ज हुनुभएको छ । रेड जाेनमा ५१९ परेका छन् । जनकपुरमा एकजना रेड जाेनमा थपिएका हुन् ।

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या  ५४  पुगेको छ । काठमाडौँ जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित भएका छन् ।

महाेत्तरी, राैतहट, पाल्पा ,अछाम, कैलाली र बाजुरा जिल्लामा पाँचसय भन्दा बढी उपचाररत रहेकाे उहाँले जानकारी दिनुभयाे ।

मृत्यु

असार २१ गते वाग्लुगकाे ढाेरपाटन नगरपालिकाका २९ वर्षीय एकजना पुरुषकाे मृत्यु भएकाे छ । काेराेना भाइरसका कारणले मृत्यु हुने नेपालमा ३५ पुगेकाे छ ।

Facebook Comments Box