जिल्लाभित्र चल्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय, काठमाडौंमा तीनवटै जिल्लामा जान पाउने

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सरकारले जिल्लाभित्र चल्न पाउनेगरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकामा भने तीनवटै जिल्लामा जान पाउनेगरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

सार्वजनिक यातायातले स्वास्थ्य मापदण्ड भने पूरा गर्नुपर्ने उनको भनाइ छ । एक जिल्लाबाट अर्को जिल्लामा भने सार्वजनिक यातायात सञ्चालन हुन पाउने छैनन् । भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्न सकिने खतिवडाले बताएका छन् ।

नियमित पत्रकार सम्मेलनमा खतिवडाले निजी सवारी साधन भने जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने व्यवस्था कायमै रहेको जानकारी दिएका छन् । अब ट्याक्सी पनि सञ्चालन हुनेछन् ।

यात्रुले मास्क लगाउनु पर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, चालकले पञ्जा र मास्क लगाउनु पर्ने, भाडदर तोकिएको भन्दा ५० प्रतिशतसम्म बढी लिन पाउने सरकारले मापदण्ड निर्धारण गरेको छ । यात्रुबहाक बसले सिट संख्याको आधामात्रै यात्रु चढाउन पाउनेगरी व्यवस्था गरिएको छ ।

Facebook Comments Box