सांसद सरिता गिरीको पद गुमेको निर्वाचन आयोगलाई जानकारी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको पद गुमेको जानकारी निर्वाचन आयोगलाई दिएको छ । समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो ।

संसद सचिवावलयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकिशत गरेका छन् । गिरीले सरकारले लिम्पियाधुरा समेटिएको नयाँ नक्सालाई संविधानको निशान छापमा समेट्न ल्याइएको संविधान संशोधनको पक्षमा मत हाल्न पार्टीले लगाएको ह्विप उल्लंघन गरेकी थिइन् ।

Facebook Comments Box