थप १ सय १८ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या १६ हजार ६ सय ४९ पुग्याे, ८ हजार ११ जना डिस्चार्ज

खवर पाटी (खोज खबरको अभियान)

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप एक सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसमेत हालसम्म नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरका २५ वटा प्रयोगशालामा चार हजार आठ सय ६ जनाको नमुना परीक्षण गरिएको थियो ।

यो अबधिमा एक सय २० जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या आठ हजार ११ पुगेको छ । गौतमले निको हुने दर नेपालमा ४८ दशमलव १ रहेको बताए ।

संक्रमित भई आइसोलेसनमा बस्नेको संख्या आठ हजार ६ सय तीन र क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार नौ सय १० रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box