नयाँ १ सय ४४ जनासहित संक्रमितको संख्या १६ हजार ९ सय ४५, निको हुने १० हजार २ सय ९४ जना

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या झण्डै १७ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ १ सय ४४ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको जानकारी दिए । संक्रमितमध्ये १० हजार दुई सय ९४ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको ज्यान गएको छ ।

Facebook Comments Box