अख्तियारद्धारा ९ लाख ३४ हजार घुस लिएको आरोपमा डिभिजन प्रमुख पक्राउ

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, असार ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा एक जना डिभिजन प्रमुखलाई पक्राउ गरेको छ । पक्राउ पर्ने जलस्रोत तथा सिँचाइ विकास कार्यालय, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठ हुन् ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार निर्माणाधीन सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीबाट नौ लाख ३४ हजार रुपियाँ घुस लिएको अवस्थामा श्रेष्ठलाई नियन्त्रणमा लिइएको बताउनुभएको छ । श्रेष्ठलाई आयोगको टङ्गालबाट खटिएको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ स्थित बेसक्याम्पभित्रको श्रेष्ठको निवासबाटै पक्राउ गरिएको हो । नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताउनुभयो ।

Facebook Comments Box