हिजोको बलिदान गिट्टि कुट्नेले ल्याए, अहिले सत्ता र पार्टी गिट्टि बेच्नेले चलाए : लाल भट्ट

खवर पाटी (खोज खबरको अभियान)

प्रबास बाट स्वदेश सम्मको राजनितीक घटना क्रम २०५८ साल देखी प्रदेसमा प्रत्यक्ष रुपमा राजनितीक दलको भात्री सँगठनमा आबद्द भैयो सो क्रममा २०५८ साल देखी २०७५ साल सम्म कतारमा रहदा सम्म देश भित्र भैइ परीआएको माउ पाटीको अधिबेशन होस वा कुनै सभा सम्मेलन समारोह हरुमा पाटीलाई आर्थिक रुमा सहयोग गरीयो । साथै यो अबधिमा थुप्रै नेतागणहरुलाइ कतारमा लगी अनेक कार्यक्रमहरु सम्पन्न गरि मजदुर किसानहरुको आवाज बुलन्द पार्न सधै इमान्दार भएर लागियो । पार्टीलाइ सङ्गठनलाइ आर्थिक नै अगाडी सारेर सकेको सहयोग गरियो । साथै त्यस अवधिमा पार्टीलाई निरन्तर रुपमा लेबी बुझाईयो किनकी हाम्रो स्कुलिङ नै त्यस्तै थियो ।
कम्युनिष्ठ पाटी सदस्यको पहीलो कर्तब्य नै पाटीलाई लेबी बुझाउनु पर्छ भन्ने मान्यता र सिद्धान्त थियो र त्यसै क्रममा प्रबासमा १, २ जना साथिहरुलाइ नै त्यहा सँगठनबाट नै चन्दा उठाएर उहा हरुलाई कतारमा पालिएन मात्र उहाहरुलाइ हामीले स्थापित समेत गरियो । फल स्वरुप उहाहरु अहीले त्यहि हिजो मजदुर बर्गको सँगठनलाइ नै बेचेर कम्पनीका ठुला मालीक भएका छन । मजदुरहरुलाइ शोषण मात्र होइन मजदुर तस्करी देखि सुन तस्करी हुदै अहिले गैर आवसिय नेपालीहरुको महाकुम्भ मेलामा भोट तस्करी गर्ने समेत उहाहरुको धन्दा भएको छ ।
अहिले उहाहरु ठुला मालिक र सफेद ब्यबसायी बनेका छन । त्यो कालो धनको श्रोत तत्कालीन माओबादी पार्टीको लेटर प्याड र सङ्गठनको ब्राण्ड बेचेर चन्दा र लेबिले उनिहरुले कम्पनी खोल्दै माओबादि भन्दै त्यहिका नेपाली ब्यबसायिहरुलाइ धम्काउदै मजदुर सप्लाइ गर्दै ठुलो धन आर्जन गरे । आज पार्टीले हामीलाइ भन्दा उनिहरुलाइ नै १३ दिने सन्तान दाजुभाइ सम्झिन्छ । अहिले यतिबेला हामी कहाँ छौ, के छौ र हाम्रो त्यो भुमिकाको योगदानको कुनै महत्व भएन र अहिले हामी हरुलाइ गौर राजनीतिक सदस्य बनाउदै पार्टीले हामीलाइ बिर्सिएको छ । मेरो मतलब म निरन्तर २०५८ साल देखी २०७७ साल सम्म निरन्तर पाटीको हक र हीतमा काम गरीयो किनकी त्यही पाटीले देश परीबर्तन गर्ला मजदुर कीसान र उत्पिडित बर्गको लागी लड्ला भनेको त यहा माफीयाको हीतमा मात्र काम हुदो रहेछ १
यहा पाटी भित्र पहिला गीटी कुट्नेले पाटी बनाएका थिए र अहिले राज्यको शासकीय परिवर्तन बदलेन सके । अहीले यहा गीटी बच्नेहरुले पाटी बनाएको जस्तो गरि ढोङ रचिदैछ ।
पार्टीको नाम बेचेर रातारात कालो धन कमाएका गिट्टि बेच्ने माफियाहरु यति बेला पार्टीका खम्बा भएका छन भने तिनै गिट्टि कुट्ने, किसान मजदुरहरु भने अझै पनि पार्टीको दास बनेका छन । पार्टी बनाउदा गिट्टि कुट्ने चाहियो र तिनकै कारण परिवर्तन आयो अहिले गिट्टि कुट्नेहरुको सपना जहाकै त्यहि रहिरह्यो । पार्टीको जय होस । म लाल भट्ट प्रबासमा बिगत पुर्ब नेकपा माओबादि हुदै नेकपासम्म पुग्दा हामी गिट्टि कुट्नेको कुनै अस्तित्व रहेन ।
लाल सलाम गिट्टि तस्कर नेत्रीत्व प्रति ।  – लाल भट्ट 

Facebook Comments Box