कोरोना संक्रमणको समयमा पनि पश्चिम नवलपरासी कांग्रेसका नेता गुटकै लडाईमा ब्यस्त

खवर पाटी (खोज खबरको अभियान)
  • हरि शर्मा 
    परासी, ३ जेठ ः नेपाली कांग्रेस पश्चिम नवलपरासीमा देखिएको जिल्ला नेतृत्व विवाद अहिलेसम्म साम्य हुन सकेको छैन । मुलुक कोरोना भाइरससँग लडिरहेका बेला जिल्ला तहका नेताहरु भने गुट गुटबीचको आरोप प्रत्यारोपकै लडाईमा केन्द्रीत रहेको भन्दै कांग्रेस कार्यकर्ताहरुले दुवै गुटको आलोचना गर्न थालेका छन् ।
    जिल्ला स्तरमा दुई गुटमा विभाजन भएका नेताहरुले आफू नेतृत्वको जिल्ला समिति आधिकारिक भएको भन्दै जिल्ला बैठक र कार्यक्रमहरु छुट्टा छुट्टै गर्दै आएका छन् ।
    जिल्लामा प्रतिनिधिसभा सदस्य एंव पार्टी केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल समूह र संविधानसभा सदस्य विक्रम खनाल समूहको दुई गुट छ । दुवै गुटले छुट्टा छुट्टै केन्द्रीय नेताहरुको आड पाएपछि आफूहरु आधिकारिक भन्दै जिल्ला बैठक र कार्यक्रम गर्दै आएका हुन् । सांसद कँडेललाई पार्टी सभापति शेरबहादुर देउवा र खनाललाई महामन्त्री शंशाक कोईरालाको आड छ ।
    जिल्ला विभाजनसँगै निर्वाचित जिल्ला सभापति एंव प्रदेश ४ का सभासद् विष्णु लामिछानेले पूर्वी नवलपरासी पार्टी नेतृत्वको जिम्मेवारी लिएसँगै जिल्ला नेतृत्वको विवाद चर्किको हो । जिल्ला विभाजन भएपछि सभापति लामिछानेले कार्यबहाकको जिम्मेवारी उपसभापति अर्जुन कुमार पोखरेललाई दिएका थिए । कँडेल पक्षकै दबाबमा पार्टी सभापति देउवाले फागुन २२ गते विष्णु प्रसाद पौडेललाई जिल्ला सभापतिको जिम्मेवारीसहितको पत्र पठाएका थिए । लगत्तै महामन्त्री कोईरालाले फागुन २८ गते पार्टी सभापति देउवाले विधान विपरीत सभापतिको पत्र दिएको भन्दै लिखित पत्र मार्फत आपत्ति जनाएका थिए । महाधिवेशनको मिति तोकिसकेकाले जिल्लामा निर्वाचन प्रकृया नहुने र कार्यबहाक पोखरेलले नै जिल्ला नेतृत्व समाहाल्ने व्यहोराको पत्र महामन्त्री कोईरालाले केन्द्रीय समितिमा बुझाएपछि विवाद झन चर्किको हो ।
    पछिल्लो पटक दुवै गुटका नेताहरुले छुट्टा छुट्टै जिल्ला बैठक राखेर जिल्ला समितिका सदस्यहरु मनोनित गर्दै आएका छन् । तत्कालीन सभापति लामिछानेको नेतृत्वमा १६ निर्वाचित जिल्ला समिति थिए । त्यसमा ६ जना लामिछानेले मनोनित गरेका थिए । लामिछाने अर्को जिल्ला गएपछि दुवै खेमाले फेरि सदस्य मनोनित गर्न सुरु गरेका छन् । पछिल्लो पटक (३ दिनअघि) केन्द्रीय सभापति देउवाले पत्र पठाएर सभापतिको जिम्मेवारी दिएका विष्णु पौडेलले ८ जनालाई जिल्ला कार्य समिति सदस्यमा मनोनित गरेका छन् । उक्त मनोनित कार्य प्रति अर्को गुटले आपत्ति जनाउँदै विधानअनुसार १३ औं महाधिवेशनबाट निर्वाचित समिति नै वैधानिक रहेको जनाएको छ । जिल्ला सचिव विक्रम यादवले विज्ञप्ती र अपिल निकालेर पौडेल नेतृत्व विधान विपरीत रहेको भन्दै कार्यकर्तालाई भ्रममा नर्पन आग्रह गरेका छन् । यता विष्णु पौडेलले भने विधानअनुसार नै जिल्ला समिति रहेको भन्दै सदस्य मनोनित गरेको बताएका छन् । दुवै गुटले आफ्नो पक्षमा बुहमत रहेको दाबी गर्दै आएका छन् । – दाउन्ने साप्ताहिक
Facebook Comments Box